पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको अबको बैठकले बैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । 

चितवनको भरतपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताउनुभयो । 

सञ्चार माध्यममा आएका कतिपय समाचार भ्रामक रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट पार्नुभयो । 

अध्यक्ष प्रचण्डले छिट्टै आउने सरकारको नीति तथा कार्यक्रम र बजेटले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताउनुभयो ।