पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिक्षा कार्यालय खारेज गरी समन्वय एकाइ स्थापना

काठमाडौं । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरी ‘शिक्षा विकास तथा समन्वय एकाइ’ स्थापना गरेको छ । 

माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिन जिल्ला शिक्षा कार्यालयलाई खारेज गरी आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ स्थापना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । 

मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । 

मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्न निर्देशन समेत दिइसकेको छ ।