पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दक्षिण एशियाली फुटबल महासंघको उपाध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी मणि कुँवर दक्षिण एशियाली फुटबल महासंघको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

बंगलादेशको  ढाकामा  भएको साफको कँग्रेसमा कुँवर निर्विरोध उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो । 

एन्फाको सदस्य हुँदै कार्यवाहक महासचिवबाट वरिष्ठ उपाध्यक्षसम्म पुग्नु सफल कुँवर नयाँ नेतृत्वका लागि हुन लागेको एन्फाको चुनावमा संस्थापन पक्षबाट अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।