पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काठमाडौं गोल्डेन्स डी पी एल को फाइनलमा

धनगढी । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको छ । 

शुक्रबार हुने डी पी एल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्नेछन् । महेन्द्रनगरले दिएको एक सय ४३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गरेको हो । 

काठमाडौंका लागि आक्रामक ब्याटिङ गरेका सुबोध भाटीले १८ बलमा ५२ रन बनाए । उनले १७ बलमै ५० रन बनाउँदै प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक हान्ने खेलाडी बनेका छन् । 

त्यस्तै काठमाडौंका लागि अनिल श्रेष्ठ २६, ज्ञानेन्द्र मल्ल २५, भूपेन्द्र थापा १५ रनमा आउट भए । बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले २ तथा भूवन कार्की, पुनत बिष्ट तथा रोबीन क्षेत्रीले समान एक–एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । निकै खराब सुरुवात गरेको महेन्द्रनगरले १० रन बनाउँदा ६ विकेट गुमाएको थियो । 

निकै दबाबमा रहेको महेन्द्रनगरका आरिफ शेख र पुनित मेहराले सातौँ विकेटका लागि आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर आरिफ ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौँ विकेट खेर फाल्यो । त्यसपछि आठौं विकेटकालागि पुनित करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । 

करणले १२ बलमा २१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका पुनित मेहराले ५८ रन बनाए । बलिङतर्फ काठमाडौंका सन्नी पटेलले ६ विकेट लिए । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी हुन ।