पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तह वास्तविक सरकारः सभापति देउवा

बाँके । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह भनेकै वास्तविक सरकार भएकाले जनप्रतिनिधिले नागरिकलाई त्यसको अनुभूति गराउन सक्नुपर्ने बताउनु भएको छ । 

आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा आज सभापति देउवाले केन्द्रीय सरकार भन्दा पनि स्थानीय सरकार नै जनतासंग प्रत्यक्ष जोडिएकाले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनु भयो । 

सभापति देउवाले राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न भएकाले नमूना गाउँपालिकाका रुपमा विकास गर्नुपर्ने सल्लाह दिनुभयो । 

उहाँलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।