पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘समृद्धिको आधार, पर्यटन क्षेत्रको पूर्वाधारको विकास’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिको आधार, पर्यटन क्षेत्रको पूर्वाधारको विकास भएको बताउनुभएको छ । 

नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) ले आज काठमाडौंमा आयोजना गरेको ‘साहसिक जलयात्रा पर्यटन, वर्तमान र भविष्य’ विषयक अन्तरक्रियामा अध्यक्ष प्रचण्डले दिगो विकास लागि पर्यटन क्षेत्रको बहुआयामिक विकास हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता गगन थापा, माओवादी केन्द्रका नेता अग्नि सापकोटा, र एमालेका सूर्य थापाले विकास र समृद्धिको बाटोमा सबै पार्टी एकाकार भएर पर्यटन प्रर्वद्धनमा लाग्नुपर्ने बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन व्यावसायलाई प्रर्वद्धन गर्न सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।