पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लिग सञ्चालनको ग्यारेन्टी नभएसम्म क्लबहरुले टिम नबनाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघको वर्गीकरणमा परेका ए, बी, सी डिभिजन क्लबका साथै मोफसलका क्लबहरुले विधानअनुसार एन्फाको चुनाव समयमै सम्पन्न हुने र लिग सञ्चालन हुने ग्यारेन्टी नभएसम्म टिम नबनाउने बताएका छन् ।

वर्षको अन्त्यसँगै फुटबलको सिजन सकिन लागेको छ । नयाँ सिजनमा लिग सञ्चालन हुन नसके आफूहरुले पनि टिमका लागि लगानी गर्न नसक्ने क्लब सञ्चालकहरुको भनाई छ ।

फुटबल क्लब समन्वय समितिले बुधबार एन्फामा पत्रकार सम्मेलन गरी लामो समयदेखि लिग सञ्चालन हुन नसक्दा सबै क्लबहरुको व्ययभार बढेको जानकारी दिएको थियो । 

त्यसका लागि एन्फाको चुनाव समयमै सम्पन्न गरी लिगको मिति घोषणा गर्न उनीहरुले माग गरे ।