पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतमा भनिएको एसीसी कप युएईमा हुने

काठमाडौं । आउँदो सेप्टेम्बर महिनामा भारतमा हुने भनिएको एसीसी एसिया कप यूएईमा सरेको छ । लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजनास्थल र मिति तय गरेको हो । 

भारत र पाकिस्तानबीचको राजनीतिक अस्थिरताका कारण एशियन क्रिकेट काउन्सिलले एशिया कपको आयोजना स्थल नै परिवर्तन गरेको हो । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ तारिखमा दुबई र आबुधावीमा हुनेछ ।