पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा

radionepal

अछाम, २८ चैत २०७४ । विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । ७ नम्वर प्रदेशको  पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । 

अगाडिको खुट्टादेखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीहरु नौमुठ्ठे गाई भन्ने गरेको पाईन्छ । अछामका विभिन्न गाउ तथा वस्तीमा रहेका नौ मुठ्ठे गाईको संख्या अहिले हाराहारी ४४७ वटा मात्र रहेको तथ्यांङ्क जिल्ला पशु सेवा कार्यालय अछामसंग छ । तथ्यांङ्क अनुसार नौ मुठे गाईको संख्या ज्यादै न्यून छ । 

साविकका केही गा.वि.स.मा मात्र यो गाई पाल्ने गरिएको पाईएको छ । जिल्ला पशु कार्यालय अछामका अनुसार कुनै पनि प्रजातिमा पोथीको संख्या हजार भन्दा कम भएमा उक्तप्रजाति संरक्षणका दृष्टिकोणबाट खतराको स्थितिमा हुन्छ । यो गाई मुख्य गरि अछामको बावला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाण्डौ र खप्तडमा पाईन्छ । 

भवानी प्रसाद भण्डारी, अछाम