पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भक्तपुरमा बिस्केट जात्रा शुरु

भक्तपुर । नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आजदेखि शुरु भएको छ । 

जात्राको पहिलो दिन आज साँझ तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो । 

तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान रथ तान्ने गर्दछन् ।

रथलाई मध्यरातिसम्म तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ । 

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे यो जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आइएको छ । 

बिस्केट जात्रा मै चैत ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र बैशाख १ गते दिनभर जात्रा सञ्चालन गरी साँझ ढाल्ने गरिन्छ ।