पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चीनसँग भएका सहमति कार्यान्वयन हुनेः नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुने बताउनुभएको छ । 

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजित क्षेत्रीय शान्ति प्रवद्र्धनःसम्बन्धी कार्यक्रममा भाग लिन चीन जानुभएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताउनुभयो । 

एमाले विदेश विभागका प्रमुखसमेत रहनुभएका नेता नेपालले नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुन लागेको एकताले चीन खुशी भएको बताउनुभयो ।