पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघीय मन्त्रालयले विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

ककाठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ । 

मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । 

आगामी बैशाख २ गते सबै स्थानीय तहका पदाधिकारी, वडाअध्यक्ष, सदस्यसहित कर्मचारीलाई अघिकतम विद्यार्थी विद्यालयमा भर्ना गर्नका लागि विद्यालय भर्ना सञ्चालन गर्नका लागि निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो। 

यस वर्षको भर्ना अभियानका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आदर्श वाक्य तय गरिएको छ ।