पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नई प्रकाशनद्वारा विभिन्न पुरुस्कार घोषणा

काठमाडौं । नइ प्रकाशनको आज बसेको बैठकले विभिन्न क्षेत्रका श्रष्टाहरुलाई विभिन्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

संस्कृतिविद् चितवनका नलराज शास्त्रीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, प्राध्यापक ठाकुर पराजुलीलाई ‘नइ ईश्वर बराल पुरस्कार’, डा.महेश्वर शर्मालाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ  । 

रेवती राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’, कान्छाकुमार कर्माचार्यालाई ‘नइ यउजा पुरस्कार’ र कृष्णदेवी शर्मा श्रेष्ठलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । 

नइ प्रकशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सबै पुरस्कारको राशी ५० हजार रुपैयाँ रहने निर्णय गरेको छ । 

शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उहाँको ९९ औं जन्मदिन आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुस्कारहरु प्रदान गरिने नइ प्रकाशनले जनाएको छ ।