पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसईई परीक्षा सम्पन्न 

पुष्करराज बुढाथोकी, भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । 

गत ८ गतेबाट सुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

देशभरका १ हजार ९५६ परीक्षा केन्द्रबाट ४ लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उहाँले जानकारी दिनुभयो । प्राविधिक धारतर्फको परीक्षा भने आगामी २० गतेसम्म सञ्चालन हुनेछ । 

परीक्षामा अनियमितता गर्ने दुई जना केन्द्राध्यक्षलाई निष्कासन गरिएको र चारजना निरिक्षकलाई कारबाही नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।