पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गीतकार राईद्वारा अक्षयकोष स्थापनाका लागि १५ लाख प्रदान 

काठमाडौं । कबि तथा गीतकार अमरसिंह राईले गीतकार संघको अक्षयकोष स्थापनाका लागि १५ लाख रुपैया प्रदान गर्नु भएको छ । 

गीतकार संघको कार्यालय, बिजुली बजारमा आयोजित कार्यक्रममा गीतकार राईले संघका अध्यक्ष चुडामणि देबकोटालाई १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा पूर्बमन्त्रि एबं बरिष्ठ कबि शंकरप्रसाद कोइरालाले समाजका लागि योगदान गर्नु महत्वपूर्ण हुने बताउनु भयो ।