पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चार व्यक्तित्वलाई नइ पुरस्कार दिइने

काठमाडौँ । नइ प्रकाशनले सनातन हिन्दूधर्म संस्कृतिको सम्बद्र्धनमा विषेश योगदान गरेबापत प्रा. डा.वेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’ तथा भ्रष्टाचार विरोधी अभियानमा समर्पित साहित्यकार भरत जङ्गमलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ दिइने निर्णय भएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । 

त्यस्तै नेपाली साहित्यलाई गरिमाशाली तुल्याउनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत ध्रुवचन्द्र गौतमलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ तथा गीति कविता लेखनका माध्यमबाट नेपाली भाषालाई उल्लेखनीय योगदान पुर्याए बापत किरण खरेललाई ‘नइ भाजप पुरस्कार’ दिइने. भएको छ । 

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाइको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । ती चारै पुरस्कारका राशि जनही एक–एक लाख छन् । शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते यहाँ ती पुरस्कार प्रदान गरिने छ ।