पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सेवा चुस्त बनाउन १३ बुँदे निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका काम कारबाही र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी तुल्याउन १३ बुँदे निर्देशन जारी गरेको छ । 

मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिका समन्वय अधिकारी र ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरी निर्देशन जारी गरेको हो । 

जस अनुसार, जिल्लाका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा प्रमुखसँग बिदा वा काज स्वीकृत नगराइ कार्यक्षेत्र नछोड्न र स्थानीय तहमा काम गर्न खटिएका वडा कार्यालय तथा सेवा केन्द्रमा कार्यरत कर्मचारीको काज बिदा स्वीकृत, कार्य सम्पादन मूल्यांकन लगायतका प्रशासनिक नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी निर्देशन दिइएको छ । 

मन्त्रालयले सातवटै प्रदेशमा कर्मचारी नपुगेको सम्बन्धमा समन्वय गर्न मन्त्रालयका सात जना सहसचिवलाई जिम्मेवारी दिएको छ ।