पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

राष्ट्रपतिले राजदूतमार्फत बंगलादेशका राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाउनु भएको छ ।