पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपति पदमा भण्डारी निर्वाचित

काठमाडौं । नेपालको राष्ट्रपति पदमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँले ३९ हजार २७५ मतभार र राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

निर्वाचनमा संघीय संसदतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ ५ मत बदर भएको थियो । 

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । 

कूल मतदातामध्ये संघीय संसद्का ५ र प्रदेशसभाका १३ गरी १८ जना अनुपस्थित हुनुहुन्थ्यो ।