पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषि औजार कारखाना सञ्चालन गर्न माग

पर्सा । किसान हकहित संघर्ष समिति पर्साले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्न माग गरेको छ । 

समितिका अध्यक्ष सहरुम राउत गद्दीको नेतृत्वमा मुख्यमन्त्रीको निवासमा पुगेको टोलीले प्रदेश नम्बर २ का किसानहरुको जीवनस्तर उकास्न महत्वपुर्ण मानिएको भएपनि हाल जीर्ण अवस्थामा रहेका संस्थाहरु वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।

जीर्ण अवस्थामा रहेको कारखाना सञ्चालन भए यहाका स्थानीयले रोजगारी पाउनुका साथै निजी चिनी उद्योग र कृषि औजार विक्रेताको मनोमानीबाट कृषकहरु मुक्त हुने ज्ञापन पत्रमा उल्लेख छ । 

साथै मुल्य अझै निर्धारण नहुदा कृषकहरु चिन्तित भएको भन्दै किसानहरुले ध्यानाकर्षण गराएका छन् । सो अवसरमा संघीय समाजवादी फोरमका नेता शशिकपुर मिया, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।