पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कप्तान खड्का उत्कृष्ट ११ खेलाडी

काठमाडौं । जिम्बावेमा जारी आई सी सी विश्वकप छनोट चरण पार गर्न नसके पनि नेपालका कप्तान पारस खड्का छनोट चरणका ११ उत्कृष्ट खेलाडीमा पर्न सफल भएका छन् ।

छनोट प्रतियोगितामा सहभागीमध्ये जिम्बावे र हङकङका २ जना तथा नेपाल, आयरल्याण्ड, पपुवा न्यू गिनी, यु ए ई, स्कटल्याण्ड, अफ्गानिस्तान र वेस्ट ईन्डिजका १–१ जना खेलाडी आई सी सी को उत्कृष्ट ११ को सूचीमा परेका छन् ।

प्रतियोगिताको छनोट चरणमा सहभागीमध्ये समूह ए बाट वेस्ट इन्डिज, आयरल्याण्ड र यु ए ई तथा समूह बी बाट स्कटल्याण्ड, जिम्बावे र अफ्गानिस्तान सूपर सिक्समा प्रवेश गरेका छन् ।

नेपालले पहिलो चरणको अन्तिम खेलमा मात्र जित हात पार्न सफल भएको थियो ।

सोमबार राती सम्पन्न खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

यही एक जितका कारण नेपालको एक दिवसीय मान्यता गुमाउने सम्भावना पनि अहिलेलाई टरेको छ ।

नेपालले अब समूह ए को केन्यासँग र खेल्ने छ भने हङकङले नेदरल्याण्डसँग प्ले अफ खेल्ने छ ।

यी खेलका नतिजाले नेपालको एक दिवसीय अन्तराष्ट्रिय मान्यता रहने या नरहने भन्ने छुङ्गो लाग्ने छ ।

एक दिवसीय अन्तराष्ट्रिय मान्यता बचाउन नेपालले केन्यालाई जित्नुका साथै हङकङ र नेदरल्याण्डबीचको खेल भन्दा राम्रो रन रेट ल्याउनु पर्ने हुन्छ ।