पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनाङ्ग मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । मनाङ्ग मर्स्याङदी क्लब २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । 

बुटवलस्थित एन्फा टेक्निकल मैदानमा मंगलबार भएको खेलमा नेपाल मनाङ्ग मर्स्याङदी क्लबले नेपाल आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा बुटवल समाचारदाता डायलशन अधिकारीले जनाएका छन् ।

मनाङ्ग मर्स्याङदीका लागि विशाल राईले २ र भिक्टरले एक गोल गरेका थिए ।

यस खेलको म्यान अफ दी म्याच घोषित भएका मनाङ्ग मर्स्याङदी क्लबका विशाल राईले ११ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताको पहिलो सेमिफाइल नेपाल प्रहरी क्लब र रुपन्देही ११ का बीच बुधबार हुनेछ भने दोश्रो सेमिफाइनल मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबबीच बिहीबार हुनेछ ।