पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेयर कपको उपाधि भूटनदेवी टिमलाई

हेटौंडा । मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडाको भूटनदेवी टिमले जितेको छ । 

हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार सम्पन्न फाइनलमा भुटनदेवी क्लबले वडा नम्बर ९ को कुष्माण्ड क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हाम्रा मकवानपुर समाचारदाता गणेशदर्पण अधिकारीले जनाएका छन् ।

प्रथम भएको भूटनदेवी क्लबले १ लाख ५० हजार र दोस्रो भएको कुष्माण्ड क्लबले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।