पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

 

सिन्धुली - सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ । सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो । 

ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ ।