पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यवस्थित विकासलाई अघि बढाइनेः मुख्यमन्त्री पोख्रेल

बुटवल । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशमा कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेर आफ्नो सरकारले व्यवस्थित विकासलाइ अघि बढाउने बताउनुभएको छ ।

आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले पाँच नम्बर प्रदेशको समृद्धि र विकासका आधार तय गरी प्रदेश सरकारले सबै स्थानीय तहलाई गुरुयोजना बनाई काम गर्न आग्रह गर्ने बताउनुभयो ।