पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विकास र सुशासनमा सबैले ध्यान दिनुपर्छः अध्यक्ष प्रचण्ड

रौतहट । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र सुशासनमा अब सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

रौतहटको चन्दपुर नगरपालिकामा आ आयोजित चन्द्रपुर महोत्सव २०७४ को उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनपछि जनताले तिनै तहको सरकार पाइसकेकाले अब भाषण होइन काम गर्नुपर्ने बेला आएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को विकासको आधरको रुपमा रहेको जनकपुर वीरगञ्ज रेलमार्ग निर्माण, निजगढस्थित अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सरकारको प्राथमिकतामा रहने पनि बताउनुभयो ।