पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो

झापा । नेपाल आर्मी क्लबले तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाईनलमा नेपाल आर्मी क्लबले आयोजक झापा ११ लाई सडन देथमा ८–७ गोल अन्तरले पराजित गर्दै यो सिजनको सातौँ उपाधि हात पारेको थियो ।

निर्धारित समय १–१ गोल र टाईब्रेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन देथ मार्फत् गरिएको थियो ।

प्रथम हुँदै नेपाल आर्मी क्लबले १२ लाख ५१ हजार र दोस्रो भएको झापा ११ ले ६ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।