पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा

बुटवल । थ्री स्टार क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुटवलस्थित एन्फा टेक्निकल मैदानमा सोमबार भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्डस् क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हाम्रा बुटवल समाचारदाता डायलशन अधिकारीले जनाएका छन् ।

निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकर मार्फत् गरिएको थियो ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका क्लबका थ्री स्टारका एलेन न्यौपानेले ११ हजार रुपैँया पु्रस्कार प्राप्त गरे ।