पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जलविद्युत् कम्पनीको शेयर आधारभुत मूल्यभन्दा तल

काठमाडौं । शेयर बजारमा सामूहिक लगानी कोषको मात्रै नभई जलविद्युत् कम्पनीको शेयर पनि आधारभूत मूल्यभन्दा तल झरेको छ । 

बजारमा नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता १०० को शेयर घटेर ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको शेयर प्रतिकित्ता २०० भन्दा तल झरेको छ । 

चिलिमे, सानिमा माई, अपी पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य २०० भन्दा माथि रहेको छ । त्यसै गरी वरुण हाइड्रो पावरको १७१, बुटवल पावर कम्पनीको ४८५, छ्याङदी हाइड्रो पावरको १५८ र चिलिमे हाइड्रो पावरको ७६६ रुपैयामा प्रतिकित्ता शेयर कारोबार भएको छ । 

यस्तै सानिमा माई हाइड्रो पावरको ३३६, सिनर्जी हाइड्रोको १४० र युनाइटेड मोदीको १८५ प्रतिकित्तामा शेयर कारोबार भइरहेको छ । 

शेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको परिसूचक पनि तल झरेको छ । जनता बैंक लिमिटेड, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंक लिमिटेको शेयर  २०० भन्दा कम भएको छ ।