पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यवसाय प्रवद्र्धन गर्न २ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव सुरु

दिनानाथ यादव/राजविराज ।

‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ सोमबार २ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव सुरु भएको छ । महोत्सवमा १ सय ५० स्टल राखिएका छन । 
सप्तरी उद्योग वाणिज्य संघ राजविराजको आयोजना तथा जिल्ला समन्वय समितिको सहआयोजनामा सुरु भएको महोत्सवको प्रदेश नं. २ का प्रमुख रत्नेश्वर लाल कायस्थले उदघाटन गरेका छन । त्यस अवसरमा प्रदेश प्रमुख कायस्थले प्रादेशिक व्यापार मेला तथा सप्तरी महोत्सवले पर्यटन विकास  र आर्थिक समृद्धिका लागी टेवा पुग्ने बताए । 
प्रदेश २ मा थुप्रै पर्यटकीय, धार्मिक र एतिहासिक स्थल रहेकाले एकिकृत विकास गरी पर्यटकको केन्द्र विन्दु बनाउनु पर्ने उनको भनाई थियो  । महोत्सव उदघाटन समारोहमा सहभागी सवै वक्ताले महोत्सवले सप्तरीको कृषि र पर्यटन विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । महोत्सव उदघाटन पछि कायस्थले स्टलको अवलोकन गरेका थिए । उदघाटनको दिन दर्शकलाई प्रवेश निशुल्क गरिएको थियो । जिल्लाको उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकला, स्थानिय बस्तुको प्रवद्र्धन तथा उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने उदेश्यले स्थानिय राजरंगशालामा सुरु भएको महोत्सव चैत्र ७ सम्म चल्ने छ । 
महोत्सवको मुख्य आकर्षकको रुपमा स्थानिय, राष्ट्रिय तथा छिमेकि राष्ट्र भारतका ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति र बालबालिकाका लागि मनोरञ्जनका विभिन्न साधन रहेको छ । महोत्सव उदघाटन पूर्व राजविराजमा स्थानिय सांस्कृतिक झल्कने झाकी सहित ¥यालि परिक्रमा गरिएको थियो । महोत्सवमा कृषि प्रदर्शनि तथा बिक्री, दुध तथा दुग्ध जन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यावसायीको विशेष स्टल, हस्तकला, शैक्षिक सामग्री, ताजा तरकारी, भेटनरी औषधी, फर्निचरका साथै नेपालमै प्रसिद्ध मानिएको मिथिला, थारु, नेवारी, मारवारी लगायत विभिन्न जातिय खानाका परिकार भएको स्टलहरु राखिएको छ । 
त्यस्तै आदिवासी, जनजाती, भेषभुषा, झाकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्ट्रोनिक बस्तुको प्रदर्शनी तथा बिक्री, सूचना तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा एतिहासिक स्थलको फोटो प्रदर्शनी तथा प्रवद्र्धन, रमाईलो मेलाका साथै जातिय छुवाछुत, धुम्रपान, मध्यपान, लागूऔषध प्रयोग रहित समाजको निमार्ण गर्न सचेतना फौलाउने उदेश्यले पर्चा, पम्पलेट वितरण गर्ने लगायतका स्टल समेत महोत्सव स्थलमा राखिएको छ । स्थानिय व्यवसायीको हकहितका लागि महोत्सव फलदायी बन्नेमा आफु विश्वस्त रहेको सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष अरुण प्रधानले बताए । 
‘जिल्लाको कृषि, पर्यटन प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने छ , ‘अध्यक्ष प्रधानले भने; स्थानिय उद्योग र उत्पादनलाई विशेष जोड दिएका छौं ।’
५ करोड बराबरको कारोवार तथा करिब २ लाख भन्दा बढि उपभोक्ता, आगन्तुक र दर्शक भित्र्याउने लक्ष्य लिएको महोत्सव आयोजनामा व्यपार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन वोर्ड, जिल्ला स्थित १८ वटै स्थानिय निकाय, राजनितिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानिय विभिन्न संघ संस्थाको सहयोग रहेको महोत्सव मुल आयोजक सप्तरी उद्योग वाणिज्य संघले जनाएको छ ।