पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रुपन्देही ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

रुपन्देही । रुपन्देही ११ फुटबल क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । 

बुटवलस्थित एन्फा टेक्निकल मैदानमा शनिबार भएको खेलमा रुपन्देही ११ ले नवलपरासी ११ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा बुटवल समाचारदाता डायलशन अधिकारीले जनाएका छन् ।

यस खेलको म्यान अफ दी म्याच घोषित भएका रुपन्देही ११ का गौरव बुढाथोकीले ११ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।