पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश

झापा । नेपाल आर्मी क्लब तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गर्न सफल भएको छ । 

डोमालाल राजवंशी रङ्गशालामा शनिबार भएको खेलमा नेपाल आर्मी क्लबले मनाङ्ग मर्स्याङदी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको हाम्रा झापा समाचारदाता प्रकाश पौडेलले जनाएका छन् ।

खेलमा एक मात्र निर्णायक गोल नेपाल आर्मीका नवयुग श्रेष्ठले खेल शुरु भएको पहिलो मिनेट मै गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका नेपाल आर्मीका गोल किप्पर विकेश कुथुले २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताको फाईनल खेल आयोजक झापा ११ र नेपाल आर्मी क्लबबीच सोमबार हुनेछ ।