पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । 

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने बारेमा छलफल चलिरहेको बताउनुभयो ।