पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गायक शर्माको ‘तिर्खाको पानी’ विमोचन

काठमाडौं । गायक दिवाकर शर्माको एकल गीती संगह ‘तिर्खाको पानी’ को संस्कृतिविद् तुल्सी दिवसले आज काठमाडौंमा विमोचन गर्नुभयो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरे, सुवासचन्द्र ढुङ्गेल, डा. नवराज लम्साल लगायतका गीतकारको गीत रहेको त्यस गीती संग्रहमा बुलु मुकारुङ्ग, शक्ति बल्लभ लगायतले संगीत दिनु भएको छ । 

गीती संग्रह सार्वजनिक कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले गीत संगीत क्षेत्रको प्रवद्र्धनका लागि रेडियो नेपाल सधैं अग्रसर रहेको बताउनु भयो । 

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालको संगीत स्टुडियोमा अत्याधुनिक प्रविधि जडान गरी गीत रेकडिङ्गको कार्यलाई निरन्तरता दिईने बताउनु भयो । 

गायक शर्मा लामो समयदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्छ ।