पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा । नेपाल आर्मी क्लब तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । 

डोमालाल राजवंशी रङ्गशालामा बिहीबार भएको खेलमा आयोजक नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा झापा समाचारदाता प्रकाश पौडेलले जनाएका छन् ।

नेपाल आर्मीका लागि एक मात्र निर्णायक गोल जर्ज प्रिन्स कार्कीले गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका नेपाल आर्मीका गोल कर्ता जर्ज प्रिन्स कार्कीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।