पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्थिक अवस्थाबारे सरकारले श्वेतपत्र जारी गर्ने

काठमाडौं । सरकारले चालुु आर्थिक वर्षको अहिले सम्मको मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी गराउने गरी स्वेतपत्र जारी गर्ने भएको छ ।

त्यसका लागि मन्त्रालयले आवश्यक तयारी अघि बढाएको र केही दिनमा सार्वजनिक गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी गराउने गरी सरकारले श्वेतपत्र जारी गर्ने तयारी अघि बढाएको  जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाको आधारमा मुलुकको आर्थिक परिसूूचकहरुलाई विश्लेषण गरी श्वेतपत्र ल्याउन लागेको हो ।