पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लघु उद्योग प्रवर्द्धनका लागि साना उद्योगीको जोड

काठमाडौं । साना उद्योगीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाईं भेटेर निर्यात वृद्धिका लागि साना, घरेलु तथा लघु उद्योहरुको प्रवर्दधन र विकास गनुुपर्नेमा जोड दिएका छन । 

भारत र चीन लगायतका देशहरुले व्यवस्था गरेको निर्यात प्रोत्साहन सुविधा अनुरुप नै  नेपालले पनि त्यस्तो किसिमको अनुदान दिएमा मौलिक उत्पादनहरुको निर्यातमा बल पुग्ने धारणा आफूूहरुले अर्थमन्त्री समक्ष राखेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बतमउनुुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. खतिवडाले साना उद्योगले मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएकाले सरकारले साना उद्योगहरुलाई प्राथमिकतामा राख्ने बताउनुुभयो । 

अर्थमन्त्री डा. खतिवडाले  समृद्धिको मुल आधार नै निजी क्षेत्र भएकाले साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवर्द्धधन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने पनि त्यस अवसरमा उल्लेख गर्नुुभयो ।

महासंघको तथ्याङक अनुसार मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भएका छन् भने हाल झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेका छन् ।