पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मल्कवाङमा ‘बर्थिङ सेन्टर’ स्थापना

 

बाबियाचौर - धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ । मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन गरी प्रसूति केन्द्र्र सञ्चालन गरिएको हो । पूर्वसांसद नवराज शर्माको सिफारिशमा सांसद विकास कोषको रु एक लाख अनुदानमा सामग्री खरिद गरेर प्रसूती केन्द्र सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले बताउनुभयो । 

मल्कवाङमा प्रसूति केन्द्र स्थापना भएपछि सुत्केरी हुनका लागि मराङ, दरवाङ, बेनी लगायतका ठाउँमा रहेका स्वास्थ्य संस्था र अस्पताल पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हटेको छ । प्रसूती केन्द्र सञ्चालनका लागि स्थानीयवासीले सक्रियता देखाएका थिए । मल्कवाङमा अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको छ । जिल्लाका २४ वटा स्वास्थ्य संस्थामा प्रसूती केन्द्र सञ्चालनमा छन् ।