पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हनुमन्ते खोला सफाई अभियान सुरु 

पुष्करराज बुढाथोकी, भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते खोलाको सरसफाई अभियान सुरु भएको छ । 

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मध्यपुर थिमीको कौशलटारमा आज सफाई अभियानको शुभारम्भ गर्नुभयो । 

हरेक शनिबार सञ्चालन हुने हनुमन्ते खोला सरसफार्ई अभियान १ सय हप्तासम्म निरन्तर सञ्चालन गर्ने प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बताउनुभयो ।

भेलामा सफाई अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाई अभियानमा नगरपालिका सहयोगी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।