पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तराईमा होली मनाइयो 

सञ्जीव विक्रम शाह, सप्तरी । तराई–मधेशका विभिन्न जिल्लामा आज धुमधामका साथ फागु पुर्णिमा अर्थात होली पर्व मनाईयो । 

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने फागु हिजो मनाइएको थियो । सरकारले फागु पर्वको अवसरमा हिजो पहाडी तथा हिमाली क्षेत्रमा तथा आज तराईका जिल्लाहरुमा विदा दिएको थियो । 

फागु पर्वले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने मान्यताका साथ यस अवसरमा रंग, अबिर खेल्नुका साथै विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।