पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हर्षोल्लासपूर्ण रुपमा होली सम्पन्न

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई–मधेश क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट धुमधामसँग मनाउने गरिन्छ । 

यसै उपलक्ष्यमा सैनिक मञ्चको अगाडिको खुला क्षेत्रमा सामूहिक रुपमा होली मनाइएको थियो । विशेष गरी युवा–युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्ण रुपमा कार्यक्रममा सहभागी भएका थिए । 

पछिल्लो समय उपत्यकाको होली पर्व सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम खासै देखिँदैनथ्यो । 

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । 

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।

होली पर्वलाई दृष्टिग तगरी नारायणगढ मुग्लिन सडकखण्डमा आज र भोलि दुई दिन यातायात बन्द नगरिने भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।