पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘साइबर लेजिस्लेसन इन नेपाल’ सम्पन्न

काठमाडौं । विभिन्न विद्युतीय सञ्जालबाट हुने आपराधिक क्रियाकलापहरु रोक्न नेपालमा विद्यमान साइबर क्राइमसम्बन्धी कानूनलाई समयानुकूल सुधार गर्ने उदेश्यले काठमाडौंमा ३ दिने ‘साइबर लेजिस्लेसन इन नेपाल’ सम्पन्न भएको छ । 

युरोपियन यूनियन र युरोपिय परिषद्को सहयोगमा महान्यायधिवक्ताको कार्यालयले आयोजना गरेको कार्यशालामा सहभागीहरुले साइबर क्राइमका चूनौतीहरुलाई सामना गर्न नेपालले साइबर क्राइम नियन्त्रणसम्बन्धी कानून र साइबर सुरक्षासम्बन्धी कानून छुट्टाछुट्टै रुपमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल टेलिकम, सूचना प्रविधि विभाग, उच्च अदालत, विशेष अदालत, महान्यायधिवक्ताको कार्यालय, नेपाल प्रहरी लगायतका सम्बन्धितसंस्थाबाट ३४ जनाको सहभागिता रहेको थियो ।