पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गैरकानुनी २१ आप्रवासीको मृत्यु

लिबियाको, ३ फागुन २०७४ । गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ । 

अर्को अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका मध्ये अरू ७५ जना घाइते भएका छन् ।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिनुभयो । 

उहाँले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह पनि गर्नुभएको छ । 

अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

“गम्भीर घाइते केहीलाई हामीले नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरेका छौँ,” अल मर्बौकले भन्नुभयो । 

बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन् ।