पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडपाण्डाको छाला प्रहरीलाई विक्री गर्न खोज्ने पक्राउ 

दाङ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको  छाला प्रहरीलाई विक्री गर्न खोज्ने २ जनालाई दाङबाट प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

सल्यानको कपुरकोट गाउँपालिका ६ का रुपलाल बोहोरा र त्रिवेणी गाउँपालिका ३ टोट्केका  टोपबहादुर वलीलाई छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

उनीहरुले रेडपाण्डाको छाला ४ लाख रुपैयाँमा विक्री गर्ने भन्दै दाङको तुलसीपुरमा पुर्याएका थिए ।