पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकतालाई निष्कर्षमा पुर्याउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको छ । 

नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच वार्ता सकिए लगत्तै ललितपुरमा आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टी एकतालाई सकारात्मक तरीकाले अघि बढाउने निर्णय गरेको हो । 

त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ललितपुरमा वार्ता भएको थियो । 

पार्टी एकीकरणको नजिक पुगेका दुई अध्यक्ष बीचको वार्ता भएको हो ।