पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हाल्नु भएको छ । 

उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो ।

घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका दीप बस्न्यातले उमेर हदका कारण यही फागुन १ गतेबाट अवकाश पाउनुभएको थियो ।