पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री कप महिला भलिबल भोलि शुरु हुने

नेपालगञ्ज । नेपालगञ्जमा भोलिदेखि ५ औँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक नेपाल भलिबल संघ बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराईएको हाम्रा नेपालगञ्ज समाचारदाता नविन गिरीले जनाएका छन् ।

प्रतियोगितामा आयोजक न्यू इन्दे्रणी बागेश्वरी क्लब, न्यू डायमण्ड क्लब, पश्चिमाञ्चल भलिबल क्लब, ए पी यफ क्लब, नेपाल पुलिस क्लब सहित एक–एक वटा बंगलादेशी र भारतीय क्लबको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले उपाधि सहित २ लाख, दोस्रो हुने क्लबले १ लाख र तेस्रो हुने क्लबले ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।