पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थ्री स्टार सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

बारा । थ्री स्टार क्लब सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 

सिमरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा थ्री स्टार क्लबले मोरङ्ग फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको हाम्रा सिमरा समाचारदाता सिकेन्द्र पाशवानले जनाएका छन् ।

थ्री स्टारका लागि शुनिल बलले २ तथा विष्णु गुरुङ्ग र अनन्त तामाङ्गले १–१ गोल गरेका थिए । खेलको अन्त्यतिर मोरङ्गका लागि कर्ण लिम्बुले २ गोल गरेका थिए ।

यस खेलको म्यान आफ दि म्याच घोषित भएका थ्री स्टार क्लबका सुनिल बलले ५ हजार रुपैँया र ट्रफी प्राप्त गरेका  थिए ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाईनल खेल वीरगञ्ज युनाईटेड र त्रिभुवन आर्मी क्लबबीच बिहीबार हुनेछ ।