पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साँफेबगरमा प्रथम अछाम महोत्सव शुरु

अछाम । अछामको साँफेबगरमा बुधबारबाट प्रथम अछाम महोत्सव शुरु भएको छ । 

स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि फागुन २ देखि १० गतेसम्म महोत्सवको आयोजना गरिएको हो । 

करिब १ सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादन, जिल्लाका खप्तड, वैद्यनाथ, रामरोशन लगायतका पर्यटकीय स्थल झल्किने सामग्री, खानाका परिकार, स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुती राखिने आयोजक अछाम उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार संयोजक बम बहादुर रावलले जानकारी दिनुभयो । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाडेले अब राष्ट्रको ध्यान आर्थिक समृद्धि र विकासतर्फ जानुपर्ने भन्दै यस्ता महोत्सवले स्थानीय उत्पादन, कला, सस्कृतिको प्रवद्र्धन हुने बताउनुभयो ।