पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ औद्योगिक प्रतिष्ठानद्वारा निर्माणको प्रक्रिया शुरु

भैरहवा । भैरहवामा निर्माण सम्पन्न भएको विशेष आर्थिक क्षेत्रमा बुधवारसम्म विभिन्न ५ वटा औद्योगिक प्रतिष्ठानहरुले उद्योग सञ्चालनका लागि स्वीकृति लिई निर्माणको प्रक्रिया अघि बढाएका छन । 

उद्योग सञ्चालनका लागि विभिन्न ९ वटा औद्योगिक प्रतिष्ठानहरुले  रकम जम्मा गर्ने तयारीमा रहेको सेजले जनाएको छ ।

सेजमा उद्योग सञ्चालनका लागि समझदारीमा विभिन्न १९ प्रतिष्ठानहरुले सहमति जनाएको भए पनि उद्योग सञ्चालनका लागि मागिएको आवेदनमा विभिन्न १४ वटा उद्योगहरुले मात्र आवेदन गरेका थिए । रकम बुझाएर निर्माणको प्रक्रियामा जाने उद्योगहरुलाई कम्तीमा पनि एक वर्षभित्र संरचना निर्माण गरी उत्पादन शुरु गर्न भनिएको विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी निर्दैशक डा. चण्डिका भट्टले जानकारी दिनुभयो । 

सेजमा उद्योग सञ्चालनको लागि सहमति जनाएका प्रतिष्ठानहरुले उद्योग सञ्चालन गर्न नआएमा नयाँ लगानीकर्ताहरुलाई खोजी गर्ने पनि सेजले जनाएको छ ।

सेजभित्र हाललाई थ्री फेज लाइन जडान गरिएको र बाँकी उद्योगले मागे बमोजिम नेपाल विद्युत प्रधिकरणले उपलब्ध गराउने व्यव्स्था मिलाएको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो ।